दफा २१
शैक्षिक योग्यताको मान्यता
(१) परिषद्को सिफारिसमा नेपाल सरकारले स्वास्थ्य व्यवसाय सम्बन्धी शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधिहरूलाई मान्यता प्रदान गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नेपाल सरकारबाट मान्यता प्रदान गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र वा उपाधिहरू नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।